Birat Post सोमबार, मंसिर १९, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१९ मंसिर ।

विराटनगरमा श्रृखलाबद्ध रुपमा चोरीको घटना सार्वजनिक भएको छ । पछिल्लो केही हप्तामै विराटनगरमा श्रृखलाबद्ध तरिकाले चोरी घटना भएका हुन् । विराटनगर क्षेत्रमा चोरीको घटना बढेपछि सर्वसाधारणले असुरक्षित महशुस गर्न थालेका छन । यसअघि रातीराती चोरी गर्ने चोरहरुले अचेल दिउँसै चोरी गर्न थालेका छन । प्रहरी प्रशासनले विशेष कडाइ गर्न नसक्दा चोरी बढेको स्थानियको आरोप छ।
घटना दोहरिदै गए पछि नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य भीम पराजुलीले आफै घटनाका विषयमा चासो लिदै सोमबार जिल्ला प्रहरी कार्यालय मोरङ पुगेर शान्तिसुरक्षाको प्रत्याभूति दिलाउन आग्रह गरेका छन् । जनगुनासो बढेको र चोरीका घटना बढेसंगै आफु स्वयं जिल्लाप्रहरी कार्यालयमा आएको बताए । उनले जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता दीपक श्रेष्ठ संग भेटेर चोरीका घटनाहरु नियन्त्रणका प्रयासहरु थाल्न आग्रह समेत गरे ।

पछिल्लो समय विराटनगरमा चोरीका घटनाहरु तीव्र रुपमा बढिरहेका छन् । दिनदहाडै चोरहरुले घरको ताला तोडेर नगद र सुनचाँदी चोर्न थालेका छन । यसमा कहि न कही त्रुटी छ ,पराजुलीले भने “यस विषयमा सुरक्षा निकायले चासो र जिम्मेबारपूर्वक काम गर्नु पर्छ ।,,

आइतबार विराटनगर वडा न.३ स्थित बुद्धचोकमा भगवती पोखरेलको घरमा दिउसै चोरी भएको छ । उनको घरबाट झण्डै २५ लाख बराबरको धन सम्पती चोरी भएको हो । पोखरेलले सोमबार जिल्ला प्रहरी कार्यालय मोरमा निवेदन दर्ता गरेकी छन् । पोखरेलको घरको पछाडिको झ्यालको रड निकालेर सुन,चादी,पैसा र बहुमूल्य गरगहना  चोरी गरेको पाइएको छ । बाक्लो बस्तिका बिच यो घटना भएको छ ।

यस्तै विराटनगर -१ का सचिन घिमिरेको घरमा पनि हालै चोरी भएको छ । उनको घरबाट २५ तोला सुन र ३ लाख रुपैया चोरी भएको हो । विराटनगरको उत्तरी क्षेत्र सुरक्षाका दृष्टिकोणले अत्यन्तै सुरक्षित मानिदै आएको थियो । यी दुवै घटनाले सुरक्षामा चुनौति थपिदिएको छ भने ठूलो परिणाममा चोरी हुन थालेपछि स्थानियमा त्रास बढेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता दीपक श्रेष्ठले पछिल्लो केही दिन यता चोरीका घटनाहरु बृद्धि भएको स्वीकार गर्दै सकेसम्म नियन्त्रका प्रयासहरु भइरहेको बताए । उनले छिटो भन्दा छिटो चोरीमा सम्लग्नहरु पक्राउ गरिने बताए ।

सम्बन्धित

ताजा अपडेट
विराट गोल्डकपको संयोजकमा नविन रिजाल, जिम्मेवारी पाएकै दिन खेलमैदानको निरीक्षण
पाठेघरको क्यान्सर न्यूनीकरणमा सबैले सहकार्य आवश्यक : स्वास्थ्यमन्त्री पौडेल
योगी आदित्यनाथसँगै भुटानी राजाले पनि महाकुम्भमा लगाए डुबुल्की

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल