Birat Post आइतबार, मंसिर १८, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१८ मंसिर

विराटनगर महानगरपालिका ३ मा रहेको बुद्धोदय बचत तथा ऋण सहकारी संस्था लि. ले आर्थिक वर्षमा ११ करोड भन्दा बढी रकम निक्षेप गर्न सफल भएको छ ।
सहकारीको विराटनगरमा आइतबार भएको १४ औं वार्षिक साधरण सभामा सार्वजानिक गरेको आर्थिक प्रतिवेदन अनुसार सहकारीले आर्थिक वर्ष २०७८ र ०७९ मा ११ करोड १ लाख ५३ हजार ९६७ रुपैयाँ निक्षेप गर्न सफल भएको हो ।

२०६५ मंसिर १८ गते स्थापना भएको सहकारीको आर्थिक वर्षको असार मसान्तसम्म सहकारीमा ८५५ जना सेयर सदस्य रहेका छन् । जसमा ४५७ महिला र ३९८ पुरुष रहेका छन् । सहकारीका लेखा समितिका संयोजक अविनाश कुमार निधिले प्रस्तुत गरेको लेखा प्रतिवेदन अनुसार आर्थिक वर्षको असार मसान्तसम्ममा २ करोड ५५ लाख ५८ हजार ८ सय रुपैयाँ शेयर पुजी रहेको छ । यस्तै नगद तथा बैंक मौज्जाद २ करोड २ लाख ६१ हजार १६० रुपैयाँ, ऋण लगानी १२ करोड २६ लाख ३६ हजार रुपैयाँ रहेको छ । यस्तै सहकारीको जगेडा कोेष तथा अन्य कोष २ करोड ३८ लाख ५० हजार ३४२ रहेको लेखा समितिका संयोजक निधिले जानकारी गराए ।

कार्यक्रममा प्रमुख अतिथि  नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य भीम पराजुलीले छरिएर रहेको पूजीलाई एकीकृत गरी राष्ट्रिय निर्माणमा सहकारीको भूमिका ठुलो रहेको बताए । कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका प्रबन्धक प्रभू पोखरेलले केही सहकारीको कारणले सहकारी क्षेत्रको बदनामी भएकाले सदस्यहरुको मन जित्नेगरी काम गरिनुपर्ने बताए ।
कार्यक्रममा सहकारीका अध्यक्ष राजेन्द्र प्रसाद खनाल, विराटनगर ३ का वडाअध्यक्ष बासुबहादुर बस्नेत, नागरिक उड्यन प्राधिकरण पुर्व महानिर्देशक राजकुमार क्षेत्रीलगायतले बोलेका थिए ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल