विराटनगर,१३ मंसिर ।
मोरङ स्थित बुढीगंगा पुष्पलाल चोकका नागरिकहरुलाई लक्ष्यित गरेर नि:शुल्क राठी स्वास्थ्य सेवा सुरु भएको छ । सेवा नै धर्म भन्ने मूल मान्यताका साथ राठी परिवारले होमियोपेथिक स्वास्थ्य उपचार सेवा सुरुगरेको हो । सेवा प्रदानका लागि घनश्याम राठी लागि परेका छन् ।
नि:शुल्क राठी स्वास्थ्य सेवाको नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य भीम पराजुलीले उद्घाटन गरेका छन् । उनले समाजिक काममा सहयोग गर्ने प्रतिवद्धता समेत जनाए । कार्यक्रमा उद्योग परिसंघ प्रदेश नं: १ का अध्यक्ष भीम घिमिरे,समाजसेवी देवकीनन्दन मुन्दडा लगायतको सहभागिता रहेको थियो ।