Birat Post बिहिबार, मंसिर ०१, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर । मोरङ निर्वाचन क्षेत्र नम्बर ५ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार राजकुमार यादव घरदैलो र कोणसभा कार्यक्रममा केन्द्रित भएका छन् । जनचाहना अनुरुप विकासलाई थप गति दिन आफुले उम्मेदवारी दिएको उनको भनाइ छ । मोरङमा एमाले र जसपाको गठबन्धन छ। उनी गठबन्धनका साझा उम्मेदवार हुन् ।

लोकतान्त्रिक बाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका शिवकुमार मण्डल संग उनको प्रतिष्पर्धा रहेको छ । २०७० को संविधानसभा र २०७४ को प्रतिनिधिसभामा थोरै मतान्तरले यादव पराजित भएका थिए। निरन्तर दुईपटकसम्म पराजय व्यहोरेका उनी पुन: एकपटक उनै मण्डलसँग प्रतिस्पर्धा गर्न लागिरहेका छन्।

एमालेबाट राजनीतिक सुरु गरेका यादव मधेस आन्दोलनको क्रममा मधेसी जनअधिकार फोरमसँग जोडिएर सक्रिय राजनीतिमा आएका हुन्। फोरममा जोडिएपछि उनी मधेस आन्दोलनको सखुवा गाविसको संयोजक भए। रंगेली केन्द्रित आन्दोलनमा उनको सक्रिय भूमिका थियो।

दर्ता प्रक्रियापछि पार्टीले आधिकारिता प्राप्त गरेपछि उनी गाविसको अध्यक्ष बने। त्यसपछि क्षेत्र नं.४ को क्षेत्रीय सदस्य, क्षेत्रीय पदाधिकारी र मोरङ जिल्ला सदस्य हुँदै जिल्लाको सचिवालय सदस्यसमेत भएका यादव हाल: जसपा नेपालको मोरङ जिल्ला अध्यक्षको जिम्मेवारीमा छन्।

उनै यादव लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार शिव कुमार मण्डल संग भिडदै छन् । उनले यसपटक आफ्नो जीत हुने बताउछन् । क्षेत्रगत विकास र समृद्धि मुख्य लक्ष्य राखेर अगाडि बढिरहेको उनको भनाइ छ ।

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल