Birat Post बिहिबार, मंसिर ०१, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१ मंसिर ।

मोरङको ३ नम्बर निर्वाचन क्षेत्रका संयुक्त लोकतान्त्रिक वाम गठबन्धनका प्रत्यक्ष तर्फका प्रतिनिधिसभा सदस्य उम्मेदवार डा.सुनिल शर्माले आफूले चुनाव जितेको ७२ घण्टाभित्र ५० शैयाको केविन निःशुल्क उपचारका लागि सञ्चालनमा ल्याउने बताएका छन् । आगामी मंसिर ४ गते हुन गइरहेको आम निर्वाचनको प्रचारप्रसारका क्रममा घरदैलो अभियानमा रहेका डा.शर्माले विपन्न नागरिकको उपचारका लागि ५० शैया सहितका २५ ओटा केविन सञ्चालन गर्ने उद्घोष गरेका हुन् ।

२०७४ को आम निर्वाचनमा यसै क्षेत्रबाट झिनो मतले पराजित भएका डा.शर्माले आफूले चुनाव हारेर पनि जनताको सेवा जारी राखेकोमा चुनाव जितेपछि आफूमाथि जनताको अपेक्षा बढ्ने भएकाले जनअपेक्षाको सम्बोधनका लागि ५० शैयाको केविन पाँच वर्षसम्म निःशुल्क सञ्चालन गर्न लागेको स्पष्ट पारे । २०७४ को चुनाव जितेर सांसद हुँदै मन्त्रीसम्म बनेका नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकालले कोरोनाकालमा एक अर्ब २४ करोड रुपैयाँ भ्रष्टाचार गरेको ठहर संसदीय समितिले गरेको भन्दै त्यस्ता उम्मेदवारलाई अब जनताले मत दिन नहुने डा.शर्माले बताए । कोरोनाकालमा स्वास्थ्य तथा जनसंख्या मन्त्री रहेका ढकालले अनुदानमा आएको कोरोना परीक्षण किट प्रयोग गरी कोरोना परीक्षण गर्दा पाँच हजार पाँच सय रुपैयाँ शुल्क असुली गरेको र परीक्षणको अनुमतिसमेत आफूअनुकूल हुने अस्पतालहरुलाई मात्र दिएको भन्दै डा.शर्माले प्रजातन्त्रमा विश्वास गर्ने जनताले त्यस्ता उम्मेदवारलाई मतपत्रबाट कडा जवाफ दिने विश्वास व्यक्त गरे ।

जनताको स्वास्थ्य उपचारको जिम्मा सरकारको भएको बताउँदै डा.शर्माले सरकारी कोषबाट तत्काल सम्भव नभए निजी स्रोतबाट सेवा प्रवाह गरेर भएपनि पैसा नभएकै कारणले कसैको ज्यान जाने अवस्था आउन नदिने उल्लेख गरे । जुनसुकै राजनीतिक आस्था बोकेको व्यक्ति भएपनि समस्यामा परेको अवस्थामा आफूले तत्काल सहयोग गर्ने प्रतिबद्धतासमेत डा.शर्माले व्यक्त गरे ।
डा.शर्माको मुख्य प्रतिस्पर्धीका रुपमा यस पटक पनि एमालेका तर्फबाट पूर्वमन्त्री ढकाल नै मैदानमा रहेका छन् । उता, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले भने नेपाली चलचित्र अभिनेत्री रेखा थापालाई यसै क्षेत्रबाट उठाएको छ ।

सम्बन्धित

ताजा अपडेट
वर्तमान सरकारले समीक्षा गर्ने कामै गरेको छैन : नारायणकाजी श्रेष्ठ
विराटनगर महानगरद्वारा निःशुल्क अटिज्म सेवा केन्द्र सञ्चालन
विराटनगर महानगरद्वारा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल