Birat Post बुधबार, कार्तिक ३०, २०७९ मा प्रकाशित

featured photo: Birat Post

सप्तरी ,३० कात्तिक ।  सप्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका डा. रोहित कुमार पोखरेलको पक्षमा माहोल बन्दै गएको छ । सप्तरीले अहिले सम्मकै राम्रो मानिस पाएको भन्दै उनको समर्थनमा जनमाहोल बन्दै गएको स्थानियहरु बताउछन् । उनि पेशाले डाक्टर हुन् ।

सप्तरीको कन्चनरुप नगरपालिका वडा नम्बर ९ ,रुपनगर घर भई हाल काठमाडौंको विश्वविद्यालयमा शिक्षा शास्त्रमा प्रध्यापक तथा चिकित्सा सेवा प्रदान गर्दै आएका पोखरेलले आफ्नो निजी लगानीमा सप्तरी रुपनगर चौक स्थित कृति नामक अस्पताल निर्माण गरी सामुदायिक अस्पतालको रूपमा सञ्चालन गरि समाजसेवा कार्यमा तल्लिन छन् । उनको यो लगावले स्थानीयहरुमा आकर्षण बढेको छ ।

उनले लिएको चुनावी एजेन्डाले पनि उनको उचाइ बढाएको छ । नेपालको संविधानले प्रदत्त गरिएका स्वास्थ्य सेवा तथा स्वास्थ्यसम्बन्धी अधिकारहरू सतप्रतिशत कार्यान्वयन नभई रहेकोले सो क्षेत्रमा व्यापक सुधार , आफ्नो निर्वाचन क्षेत्रमा अस्पतालहरूको निर्माण, दुधबाट बन्ने परिकारहरुको कारखाना ,आप बाट बन्ने जुसको कारखाना ,पूर्वी नेपालको प्रसिद्ध शक्तिपीठ भारदहको कंकालिनी भगवती मन्दिरलाई उत्कृष्ट धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने ,धर्मेश्वर मन्दिर ,विष्णु मन्दिर लाई पनि पर्यटकीय विकास गर्ने साथै सप्तरीको पूर्वपट्टी रहेको कोसी टप्पु वन्यजन्तु आरक्षण क्षेत्रको पश्चिमी भेगमा वन्यजन्तु अवलोकन गर्नका निम्ति पोईन्टहरूको निर्माण गरी पर्यटकीय विकास गर्ने एजेन्डा उनको छ ।

स्वतन्त्र विचारका व्यक्तिलाई मतदान गर्ने पक्षमा सप्तरीका जनता रहेको दावी डा.पोखरेलले गरेका छन् । उनले आफ्नो जीत निश्चित भएको दावी समेत गरेका छन् । उनको पक्षमा माहोल बन्दै गएको र जीत सुनिस्चित भएको स्थानीइ बासुदेव पोखरेलले बताए ।

सम्बन्धित

ताजा अपडेट
भारत र पाकिस्तान द्वन्द्व : नेपालमा समेत प्रभाव,सीमा र विमानस्थलमा निगरानी बढाइने
पूर्वमन्त्री प्रदीप नेपालको निधन
आजको मौसम : बङ्गालको खाडी र अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: biratpost@gmail.com 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

biratpost@gmail.com

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल