काठमान्डौं,२८ कात्तिक ।
आसन्न प्रतिनिधि सभा तथा प्रदेशसभा चुनावको समयमा ३ दिन विद्यालयमा विदा दिन निर्वाचन आयोगले सिफारिस गरेको छ । आयोगले विदाको निर्णय गर्न मुख्य सचिवमार्फत नेपाल सरकारलाई सिफारिस गरेको छ ।
निर्वाचन केन्द्र रहेका विद्यालय मतदान स्थलकारूपमा प्रयोग गर्नुपर्ने भएकाले मंसिर २ देखि ४ गतेसम्म देशभरका सबै विद्यालयमा विदा दिन आयोगले माग गरेको हो । मंसिर ४ मा सार्वजनिक विदा दिन पनि आयोगले सिफारिस गरेको छ । मन्त्रिपरिषदको निर्णय गरेपछि मात्रै विदाको निर्णय कार्यान्वयन हुने व्यबस्था रहेको छ ।