Birat Post सोमबार, कार्तिक २८, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ,२८ कात्तिक /

विराटनगर महानगरपालिकाले आफ्नै प्रतीक चिन्ह (लोगो) प्रयोगमा ल्याउने भएको छ । महानगरका मेयर नागेश कोइरालाको अध्यक्षतामा कात्तिक ३ गते बसेको कार्यपालिका बैठकको निर्णयअनुसार लोगो निर्माणका लागि सार्वजनिक सूचनासमेत जारी गरिसकेको छ ।

इच्छुक व्यक्ति वा संस्थाले लोगोको डिजाइन हुलाक वा महानगरको इमेलमा पठाउन सक्नेछन् । मंसिर १८ गतेसम्म प्राप्त लोगोको डिजाइनलाई छनौट प्रक्रियामा सामेल गरिने महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिए । छनौटमा परेको उत्कृष्ट लोगोलाई एक लाख नगदले पुरस्कृत गरिनेछ । छनौट भएको लोगो महानगरले प्रयोगमा ल्याउनेछ ।

लोगोमा समेटिनुपर्ने विषय र शर्तसहित महानगरले सोमबारको गोरखापत्र दैनिकमा सूचनासमेत प्रकाशित गरिसकेको छ ।

सम्बन्धित

ताजा अपडेट
वर्तमान सरकारले समीक्षा गर्ने कामै गरेको छैन : नारायणकाजी श्रेष्ठ
विराटनगर महानगरद्वारा निःशुल्क अटिज्म सेवा केन्द्र सञ्चालन
विराटनगर महानगरद्वारा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल