विराटनगर ,९ कात्तिक ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुली पछिल्ला दिनहरुमा घरदैलो कार्यक्रममा निरन्तर खटिइरहेका छन् । उनी मोरङ क्षेत्र नम्बर ४ (ख) प्रदेश सभा सदस्यको उम्मेदवार हुन् ।
महेन्द्र मोरङ क्याम्पसको स्ववियु सभापति ,नेपाली कांग्रेस विराटनगरको नगर सभापति दुइपटक ,विराटनगर महानगरको मेयर भइसकेका छन् । हाल उनि सत्तागठबन्धनबाट संयुक्त उम्मेदवारका रुपमा खडा भएका छन् ।
चुनावी दौरानमा उनले बुधबार विराटनगर ३ , पृथ्वी टोलका १ दर्जन युवालाई कांग्रेसमा प्रवेश गराएका छन् । टोलका संजय घिमिरे , दुर्लभ घिमिरे र संदिप कट्टेल नेपालि कांग्रेस प्रवेस गरेका हुन् ।
, टोल संयोजक कृष्ण कोइरालाको अगुवाहिमा नेता भीम पराजुलिको हात बाट टिका लगाइ उनिहरु पार्टी प्रवेश गरेका हुन् ।
कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य पराजुलीले आफुले इमान्दारिताको जगबाट राजनीति गर्दै आएको स्मरण गराएका थिए । पार्टीमा आउनेहरुलाई स्वागत मात्रै नभइ संग सगै लिएर क्षेत्रको विकासमा जुट्ने प्रतिवद्धता जनाए ।
सो अवसरमा लोकतान्त्रिक बाम गठवन्धनवाट मोरङ क्षेत्र नम्बर ४ का संघीय सांसदका उम्मेदवार अमनलाल मोदीको समेत उपस्थिती रहेको थियो । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका मोदी र कांग्रेस केन्द्रीय सदस्य पराजुली चुनावी कार्यक्रम लिएर कार्यकर्ता भेटघाटलाई तिव्रता दिइरहेका छन् ।