काठमाडौं ,४ कात्तिक ।
ट्रेड युनियन कांग्रेस उपाध्यक्ष अजयकुमार राई ईन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशनको एशिया प्रशान्त क्षेत्रको उपाध्यक्षमा चयन भएका छन् । फिलिपिन्सको राजधानी मनिलामा १६ देखि १९ अक्टोबरसम्म भएको सम्मेलनबाट राई उपाध्यक्षमा निर्वाचित भएका हुन् ।
सम्मेलनमा ईन्टरनेशनल फेडेरशनसँग आबद्ध रहेका एशियाप्रशान्त क्षेत्रका २५ देशका ट्रेड युनियनका प्रतिनिधि सहभागी थिए । दुई सय १४ प्रतिनिधि सम्मिलित सम्मेलनले जापानका सुमिनो सानलाई अध्यक्षमा निर्वाचित गरेको छ । विश्वका एक सय ५० देशमा रहेका सात सय युनियनहरु फेडेरेशनसँग आबद्ध छन् । फेडेरेशनमा विश्वभरमा करिब दुई करोड सदस्य छन् ।