काठमाडौं ,४ कात्तिक ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशले जित्ने र लोकतन्त्रलाइ बचाउनुपर्ने बेला आएको बताएका छन् । देशले जित्ने हो कि होइन, लोकतन्त्रले जित्ने हो कि होइन भन्ने प्रश्नको उत्तर जनताले दिने अवसर पनि आएको र त्यसको सदुपयोग गर्न आग्रह गरेका छन् ।
काठमाडौं क्षेत्र नम्बर ७ को सत्ता गठबन्धनका उम्मेदवारहरुको परिचय कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् । यसलाई गम्भीरतापूर्वक विचार गर्न र जनतालाई राम्रोसँग बुझाउन उनले गठबन्धनका नेता कार्यकर्ताहरुलाई आह्वानसमेत गरेका छन् ।