विराटनगर,२३ असोज । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले मनोनयन दर्ता गराएका छन् । मोरङ निर्वाचन क्षेत्र नं ६ को प्रतिनिधिसभा सदस्य पदका लागि उनले आइतबार ३ बजे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगि मनोनयन दर्ता गराएका हुन् ।
यस्तै मोरङ निर्वाचन क्षेत्र नं ६ का लागि प्रतिनिधिसभा सदस्य पदका लागि नेकपा (एमाले)का नेता लालबाबु पण्डितले पनि आफ्ना मनोनयन दर्ता गराएका छन् ।