Birat Post बिहिबार, आश्विन १३, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१३ असोज ।
रिलायन्सलाईफ इन्सुरेन्सले मृत्यु दाबी भुक्तानी गरेको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरी मृतक कृत्यानन्द शर्मा सुतिहारको इच्छाएको व्यक्ती सीमादेवी शर्मा सुतिहारलाई प्रदान गरेको हो ।

मोरङ जहदा १ का वडाध्यक्ष बाबुराम राजवंशी, रिलायन्स लाइफ इन्सोरेन्सका प्रदेश प्रमुख क्षितिज घिमिरे र विराटनगर शाखा प्रमुख परमा काफ्ले संयुक्त रुपमा विमावापत ३ लाख र वोनसबापत ३३ हजार रुपैयाँसहित ३ लाख ३३ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । मृतक कृत्यानन्द शर्मा सुतिहारले ४ वर्षको ४ किस्ता रकमबापत ७२ हजार रुपैयाँ भुक्तानी गरेका थिए ।

उनले ३ लाख रुपैयाँको विमा गरेका कारण बिमकको मृत्यु पश्चात विमा दाबीबापत विमाङ्क रकम ३ लाख र बोनस ३३ हजार रुपैयाँ भुक्तानी गरिएको रिलायन्स लाइफ इन्सोरेन्स प्रदेश १ का प्रमुख क्षितिज घिमिरेले जानकारी दिए ।

घिमिरेका अनुसार वित्तीय शुशासन राम्रो भएको विमा कम्पनी भएकाले रिलायन्सले समयमै दाबी रकम भुक्तानी गर्दै आएको छ । मृत्यु दाबी भुक्तानी कार्यक्रममा चिफ एजेन्सी म्यानेजर नवराज निरौला,कृष्ण मास्के, एजेन्सि म्यानेजर बुद्धदेव यादव, सोनु केवट, वडाका जनप्रतिनिधिहरूलगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल