काठमान्डौं,७ असोज ।
निर्वाचन आयोगले आर्थिक वर्ष २०७९। ८० मा समावेश गरेका बाहेकका योजना र कार्यक्रमको विवरण चौबिस घण्टा भित्र बुझाउन अर्थ सचिव कृष्णहरि पुष्करलाई निर्देशन दिएको छ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई प्रभावित पार्नेगरी नयाँ योजना र कार्यक्रम कार्यन्वयनमा आएको गुनासो आएपछि आयोगले शुक्रबार उक्त निर्देशन दिएको हो ।
‘सरकारबाट साउन १९ मा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको मिति तोकिए पश्चात व्ववस्थापिका संसदबाट आर्थिक वर्ष २०७९र८० का लागि स्वीकृत वार्षिक बजेटभन्दा पृथक हुने गरी अर्थ मन्त्रालयबाट कुन कुन मन्त्रालय र नियकाहरुमा के कति रकम कुन कुन योजना तथा कार्यक्रमहरुमा रकमान्तर निकासा र स्रोत सुनिश्चितता गरिएको छ, छैन भन्ने विषयमा अर्थ सचिवबाट २४ घण्टाभित्र निर्वाचन आयोग नेपाललाई प्राप्त हुने गरी विवरण पेश गर्न निर्देशन दिइएको छ,’ आयोगले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।