Birat Post शुक्रबार, भाद्र २४, २०७९ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,२४ भदौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणित नगरे राजीनामा दिने अवस्था आउन सक्ने बताएका छन।
पोखरामा पत्रकारसँग कुरा गर्दै उनले विधेयक प्रमाणीकरण नगरे कि अदालतमा जाने कि राष्ट्रपतिले राजीनामा दिनुपर्ने दुई वटा विकल्प मात्रै बाँकी रहेको बताए। ‘राष्ट्रपतिज्यूलाई दोस्रोपटक संविधानले कुनै ठाउँ दिएको छैन, त्यसकारण उहाँले प्रमाणीकरण गर्नुहुन्छ जस्तो नै मलाई लाग्छ।,’ उनले भने, ‘राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने सम्भावना पनि छ। त्यसो भयो भने अदालतमा जान्छ कि त उहाँले राजीनामा दिनुपर्छ।’

केही दिन अघि आफूले राष्ट्रपति भण्डारीलाई भेटेर दोस्रो पटक पनि प्रमाणीकरण भएन भने या त राजीनामा दिनुपर्छ या त अदालतमा जान्छ भनेको सुनाए। ‘यो अनुमानको कुरा हो मलाई लाग्छ राष्ट्रपतिज्यूलाई प्रमाणीकरण गर्नुहुन्छ।’ प्रचण्डले भने।

त्यस क्रममा प्रचण्डले पैसा नहुने त चुनाव लड्ने सपना नदेखे पनि हुने दिन आएको गुनासो गरेका थिए। उनले पछिल्लो समय आफूसँग पैसा नभएको र चुनाव जित्न कठिन हुने अवस्थामा पुगेको बताउँदै आएका छन् । निर्वाचनपछि अहिलेको निर्वाचन प्रणाली बदल्न आन्दोलन गर्ने पनि प्रचण्डले घोषणा नै गरिसकेका छन्।

सम्बन्धित

ताजा अपडेट
विराटनगर महानगरद्वारा हाजिरीजवाफ प्रतियोगिता आयोजना
कोशी प्रदेशस्तरीय अन्तरक्याम्पस छात्रा फुटसल प्रतियोगिता सुरु
देशभरका शिक्षक आन्दोलनमा होमिदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल