विराटनगर,२३ भदौ ।
नेपाल फोटो पत्रकार महासङ्घ मोरङ शाखाको बुधबार विराटनगरमा बसेको बैठकले कौशल निरौलाको अध्यक्षतामा नयाँ कार्य समिति पुर्नगठन गरेको छ ।
समितिको उपाध्यक्षद्वयमा बाबुराम भण्डारी र विनु तिम्सिना (महिला),सचिवमा प्रेम देवान, सह–सचिव राकेश कर्ण र कोषाध्यक्षमा नविन कर्णलाई सर्वसम्मतिले चयन गरिएको छ ।
यसैगरी सदस्यहरुमा सुजाता लिम्वु, उषा सरदार, रोशिका अधिकारी, दिलिप अग्रवाल, कुमार खड्का, गोपाल काफ्ले, विवेक मिश्र र उत्तम पोखरेल रहेका छन् । फोटो पत्रकार महासंघका प्रदेश अध्यक्ष बेदराज पौडेल र महासचिव कमल रिमालको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।