Birat Post बिहिबार, भाद्र १६, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ,१६ भदौ ।माेरङकाे बुढिगंगा गाउपालिका- ३ बासबारीमा रहेको जनप्रिय माविले १८ महिने प्रि डिप्लोमा इन कम्युटर काेर्षकाे पढाइ सुरू गर्ने भएको छ । सिटिभिटिई बाट सम्वन्धन प्राप्त गरेकाे विद्यालयले ३७ जना खुल्ला र ३ जना स्कलरसिप गरि ४० जना विद्यार्थी पढाउन लागेकाे हाे ।
यसका लागि विहिबार विद्यालयले परीक्षा समेत लिएको छ । सिटिईभिटिइकाे राेहबरमा परीक्षा लिएको हाे । परिक्षामा माेरङ,सुनसरी ,भाेजपुर र खाेटाङ्गका विद्यार्थीहरू सहभागी भएका छन् ।
गाउपालिकामा पहिलोपटक विद्यालय स्तरवाट प्राविधिक शिक्षा दिन लागिएको हाे । विद्यार्थीलाई पढाउन ७ जना प्राविधिक शिक्षककाे समेत व्यवस्था गरिएको कार्यक्रम संयाेजक लवकुमार यादवले बताए । यस्तै गरि साेही विद्यालयमा औद्योगिक क्षेत्रलाई लक्ष्यित गर्दै २४ महिने प्रि-डिप्लोमा तह औद्योगिक प्रशिक्षार्थी तालिम (अप्रेन्टिशीप)काे पढाइ पनि सुरु गर्न लागिएको कार्यक्रम संयाेजक यादवले जानकारी दिए । उनका अनुसार याे २४ महिने काेर्ष हुनेछ । जसमा ४० जनाले विना पैसा अध्ययन गर्न पाउने छन् । याे अध्ययन गर्नेले उल्टै खाजा खर्च र भत्ता पाउने यादवले वताए ।
औद्योगिक अभ्यास संग सम्बन्धित भएकाले याे अत्यन्तै उपयोगी हुने यादवकाे भनाइ थियाे । नयाँ सम्वन्धन पाएकाे र अझै नयाँ विषयमा पठनपाठन गर्न तयारी गरिरहेको बताइएको छ । स्थानीय भएको नाताले शिक्षाको क्षेत्रमा केही गराै भन्ने भावनाका साथ काम गरिरहेकाे यादवले बताए ।

सम्बन्धित

ताजा अपडेट
वर्तमान सरकारले समीक्षा गर्ने कामै गरेको छैन : नारायणकाजी श्रेष्ठ
विराटनगर महानगरद्वारा निःशुल्क अटिज्म सेवा केन्द्र सञ्चालन
विराटनगर महानगरद्वारा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल