Birat Post मंगलबार, साउन ३१, २०७९ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौ,३१ साउन ।
भदौ चौथो हप्तादेखि सुरु हुने साफ महिला च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजक मूल समितिले टेक्निकल कमिटीको जिम्मेवारी पूर्व उपाध्यक्ष कृष्ण थापालाई दिएको छ ।

मंगलबार एन्फा कम्प्लेक्समा वरिष्ठ उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा बसेको बैठकले प्रतियोगिताका लागि विभिन्न कमिटी गठन गरी सबै कमिटीको संयोजकसमेत चयन गरेको हो ।

एन्फाले यसअघि नै रविन्द्र चन्दलाई ‘भेन्यु म्यानेजर’ र विजय घलेलाई स्थानीय आयोजक संयोजकको रुपमा चयन गर्दा दिनेश व्यन्जनकारलाई सुरक्षा प्रमुख र सन्जिव सिल्पकारलाई मार्केटिङ, ब्रोडकास्टिङ तथा डिजिटल राइट्स संयोजकको रुपमा चयन गरिसकेको छ ।

बैठकले प्रतियोगिताको टिकटका लागि पुनः टेन्टर आह्वान गर्ने निर्णयसमेत गरेको छ । जसको न्युनतम मूल्य २५ लाख रहेको छ । साफको टिकट मूल्य यसअघि नै ३०० र ५०० तोकिएको छ ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल