Birat Post शुक्रबार, साउन २७, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ,२७ साउन । क्षमता, योग्यता,नयाँ उर्जाले पूर्ण भएका युवाहरुलाई राज्यका हरेक क्षेत्रमा प्रतिनिधित्व गराउन आवश्यक भएकोमा बक्ताहरुले जोड दिएका छन् ।
मातृभूमि फाउण्डेशन नेपाल विराटनगरद्वारा अन्तराष्ट्रिय युवा दिवसको उपलक्ष्यमा विराटनगरमा शुक्रबार आयोजित अन्यरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् । समृद्ध र सु–सम्म्पन्न मुलुक निर्माणमा युवाहरुलाई सहभागी गराउनु पर्ने सुझाव सहभागीहरुले दिएका छन् ।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले राजनीति, समाजसेवा र अर्थतन्त्रलाई चयालमान गराउन युवाहरु सक्रिय रुपमा लाग्नु पर्ने बताए । उनले युवा लक्षित कार्यक्रममा महानगरपालिकाले सदैव सहयोग गर्ने प्रतिवद्धता व्यक्क्त गरेका छन् ।
नेकपा एकीकृत समाजवादीका युवा नेता वसिम आलमलले विकसित नयाँ प्रविधिमा दक्ष रहेका युवाहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउदै राज्यले सहयोग गर्नुपर्ने धारणा राखे ।
फाउण्डेशनका अध्यक्ष चाँद इराकी, मधेश प्रदेशका अध्यक्ष सतार अन्सारी, उपाध्यक्ष कृटी श्रेष्ठ र इन्टनरनेशल कलेज विराटनगरका कार्यकारी अध्यक्ष ऋषिकेश वाग्ले लगायतले उद्यमशीलता र समाज परिवर्तनमा युवाहरु सक्रिय रहने बेला आएको औल्याएका थिए ।

सम्बन्धित

ताजा अपडेट
वर्तमान सरकारले समीक्षा गर्ने कामै गरेको छैन : नारायणकाजी श्रेष्ठ
विराटनगर महानगरद्वारा निःशुल्क अटिज्म सेवा केन्द्र सञ्चालन
विराटनगर महानगरद्वारा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल