काठमान्डौ,२५ साउन ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नागरिकता विधेयक प्रमाणीकरणमा ढिलाइ भएको बताएका छन् । जापान भ्रमण सकेर बुधबार स्वदेश फर्किएका दाहालले त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण हुनमा ढिलाइ भएको आरोप लगाए ।
नागरिकता संशोधन विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएकोमा हालसम्म पनि प्रमाणीकरण भएको छैन । यता राष्ट्रपति भण्डारी स्रोतका अनुुसार नागरिकता जस्तो विषयमा के गर्दा उपयुक्त हुन्छ भन्ने विषयमा विज्ञहरु संग परामर्श गरिरहेकी छन् । नागरिकता विधेयका पक्ष र विपक्षमा नेताहरुमात्रै विभाजित छैनन् ,जनताहरुले समेत व्यापक आलोचना गरिरहेका छन् ।