Birat Post मंगलबार, साउन २४, २०७९ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौ,२४ साउन ।
नेपाल प्रहरीका ३४ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) सरुवा भएका छन् । प्रहरी प्रधान कार्यालयले प्रहरी प्रधान कार्यालय जनसम्पर्क उपशाखा, महानगरीय अपराध महाशाखा टेकु, प्रहरी प्रधान कार्यालय सुरक्षा, सेवा व्‍यवस्थापन निर्देशनालय, अपराध अनुसन्धान विभाग, लागू औषध शाखा, प्रशासन विभाग, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज लगायतका डिएसपीहरुको सरुवा गरेको हो ।

प्रहरी प्रधान कार्यालय कर्मचारी शाखाका अनुसार प्रहरी प्रधान कार्यालय जनसम्पर्क उपशाखामा कार्यरत होमबहादुर थापा नेपाल प्रहरीको प्रधान कार्यालय कार्यविभाग सुरक्षा सेवा व्‍यवस्थापन महाशाखा सरुवा भएका छन् भने किरण प्रसाद न्‍यौपानेलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा सरुवा भएका छन् ।

यस्तै प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय अंगरक्षक गणमा कार्यरत केशर बहादुर कार्कीलाई नेपाल प्रहरी गण सामाखुसीमा सरुवा गरिएको छ भने प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग लागु औषध शाखामा कार्यरत दुदिमाया लामा नेपाल प्रहरी प्रदेश कार्यालय शान्ति सुरक्षा तथा प्रहरी कार्य शाखा बनेपा, काभ्रेमा सरूवा भएकी छन् ।

यस्तै बागमती प्रदेश प्रहरी कार्यालय हेटौडामा कार्यरत फणिन्द्र रानाभाटलाई नेपाल प्रहरी अस्पताल महाराजगञ्ज प्रशासनमा सरुवा गरिएको छ ।

सम्बन्धित

ताजा अपडेट
ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
नेपालमै पहिलो पटक बालविकास सम्वन्धि अन्तर्राष्ट्रिय सम्मेलन हुने
ग्रेटर नेपाल अभियानका फणिन्द्र नेपाल पक्राउ

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल