विराटनगर,१९ साउन ।
पहाडमा अविरल परेको वर्षाका कारण उदयपुर, सप्तरी, सुनसरीलगायतका तटीय क्षेत्रमा कोसी नदी अनियन्त्रत भए पछि सप्तकोसी ब्यारेजका ४६ वटा ढोका खोलिएका छन्।
सप्तकोसी ब्यारेज हुदैँ २ लाख ४३ हजार १ सय ८० क्युसेक प्रति सेकेन्डका दरले पानीको बहाबमा नियन्त्रण नआए पछि कोसी ब्यारेजका ५६ मध्ये ४६ वटा ढोका खोलिएको हो।
कोसीले उदयपुरमा २ हजार ५ सयभन्दा बढीलाई विस्थापित गरेको छ । बहाब नियन्त्रणमा नआएपछि त्यस क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ ।