खोटाङ,१५ साउन ।
खोटाङको साकेला गाउँपालिका–५ मात्तिमविर्ता केन्द्र भएर गएको ६ म्याग्निच्युडको भूकम्पको क्षतिको विवरण संकलन भइरहेको छ । यद्यपी हालसम्म जनधनको क्षति भने नभएको स्थानीयले जनाएका छन् । केही घरहरु चर्किएको र मानविय क्षति भने नभएको भन्ने जानकारी आएको प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाइले जानकारी दिए । जिल्लामा भएको थप क्षति र बस्तुगत स्थितिबारे जानकारी लिनका लागि आवश्यक सवै संयन्त्र परिचालन गरिएको सेढाइले बताए ।
भूकम्पका कारण स्थानीय अत्तालिँदै घर बाहिर निस्केका थिए । आइतबार बिहान ८ बजेर १३ मिनेटमा खोटाङको मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर ६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । पराकम्पन आउन सक्ने हुदा सचेत रहन विज्ञहरुले सुझाव दिएका छन् ।