विराटनगर,२ साउन ।
साउनको पहिलो सोमबार आज देशै भरका शिव मन्दिरहरुमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । साउन महिना र सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको भीड लागेको हो ।
विराटनगरका धर्मिक अभियन्ता तथा पंडित अनन्त पराजुलीले यो साउनमा पाँचवटा सोमबार परेको र शिवभक्तहरुका लागि अत्यन्त खुसीको कुरा रहेको बताए । साउनबाट नयाँ व्रतालुले पनि साउने सोमबारको व्रत सुरु गर्छन् । साउनको सोमबार व्रत गरेमा मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।
केही दृष्यहरु :
विकास कार्की / विराटपाेष्ट