Birat Post बिहिबार, आषाढ ३०, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,३० असार ।

लोकतन्त्रबादी पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको नबौ राष्ट्रिय महाधिबेशन नजिकिदै जादा खुल्ला उपाध्यक्ष पदमा दावी गर्दै आएका मोरङ,विराटनगरका पत्रकार शेखर रेग्मीको उम्मेदवारी दर्विलो बन्दै गएको छ । उपाध्यक्षको उम्मेदवारी घोषणा संगै चुनावी प्रतिस्पर्धामा उत्रने निश्चित भए संगै उनी सशक्त उमेद्वार बनेका हुन् ।

दुई दशक भन्दा बढी प्रेस युनियनको राजनीतिमा सक्रिय रहेर काम गर्दै आएका रेग्मीले युनियनको १ कार्यकाल केन्द्रीय उपाध्यक्ष र १ कार्यकाल प्रदेश संयोजक भएर काम गरिसकेका छन । युनियनको महाधिबेशन यही साउन ६ र ७ गते बागमति प्रदेशको राजधानी हेटौडामा हुँदैछ ।
रेग्मीले नेपाल प्रेस युनियनको खुल्लातर्फबाट राष्ट्रिय उपाध्क्षमा उम्मेदवारी दुई साता अघिनै घोषणा गरेका हुन । उनले आफू सधै श्रमजीवी पत्रकारको साथमा रहेको बताउदै , श्रमिजीवी पत्रकारहरुको पक्षमा कसैसँग सम्झौता नगर्ने , पत्रकारहरुको हकहित र पेशागत सुरक्षा र पत्रकारको क्षमता अभिवृद्धिका लागी काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन ।

हाल विराटनगरबाट संचालनमा रहेको रेडियो स्टारको सञ्चालक ,विराटनगरवाट प्रकाशन हुने न्यू सृष्टि दैनिकको सम्पादक रहेको र यस भन्दा अघि अन्नपूर्ण पोष्ट , हिमालय टाईम्स , स्पेस टाईम , देउराली दैनिक , लोकपत्र दैनिक र विभिन्न साप्ताहिकहरुमा काम गरेको लामो अनुभव उनीसँग छ ।
तीन दशकदेखी पत्रकारिता क्षेत्रमा सक्रिय रेग्मी प्रदेश नम्बर,१ बाट खुल्ला उपाध्यक्षमा उम्मेदवार बन्ने एक्ला दावेदार हुन । खुल्ला उपाध्यक्षमा देशभरबाट २ जना निर्वाचित हुने प्रावधान छ । महाधिबेशनमा देशभरिबाट १६ सय ५० जना केन्द्रीय प्रतिनिधि सहभागि हुँदैछन् ।

 

सम्बन्धित

ताजा अपडेट
वर्तमान सरकारले समीक्षा गर्ने कामै गरेको छैन : नारायणकाजी श्रेष्ठ
विराटनगर महानगरद्वारा निःशुल्क अटिज्म सेवा केन्द्र सञ्चालन
विराटनगर महानगरद्वारा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल