Birat Post बुधबार, आषाढ २९, २०७९ मा प्रकाशित

featured photo: Birat Post

– राजाराम दास

जनकपुरधाम २९ असार ।

२०९ औं भानु जयन्तीको अवसरमा विश्व हिन्दू परिषद् नेपाल, जनकपुरधामद्वारा प्रभातफेरी आयोजना गरिएको छ । प्रभातफेरी जानकी मन्दिरबाट शुरु भई जनकचौक, शिवचौक हुदै भानुचौकमा गई भानुभक्त आचार्यको तस्बिरमा माल्यार्पण गरिएको थियो । कार्यक्रममा बोल्दै विश्व हिन्दू परिषद् नेपालका महासचिव जितेन्द्र कुमार सिंहले मधेश आन्दोलनको आडमा विधर्मी तत्वद्वारा भानुचौकमा स्थापित रहेको भानुभक्त आचार्यको शालिक षडयन्त्रपूर्वक भत्काईएको प्रति रोष प्रकट गरेका थिए ।

अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली साहित्यलाई ठूलो गुण लगाएको मानिन्छ। उनले लेखेको रामायण अहिले पनि नेपालीको घरघरमा लय हालेर पाठ गरिन्छ । रामायण ग्रन्थलाई नेपाली भाषामा अनुवाद गरी मिथिला संस्कृतिको समेत गौरव बढाउने पूण्यकार्य गर्नुभएका भानुभक्त आचार्यको शालिक भत्काईनु अक्षम्य पाप भएको भन्दै महासचिव सिंहले आक्रोश पोखेका थिए ।

विश्व हिन्दू परिषद् नेपालले आज देशभरि नै विभिन्न कार्यक्रम आयोजना गरी भानु जयन्ती मनाएको छ । परिषदद्वारा जनकपुरमा आगामी वर्षहरुमा पनि भव्यताका साथ भानु जयन्ती मनाईने तथा निकट भविष्य मै शालिक स्थापना गरिने मन्तव्यका क्रममा परिषद्का राष्ट्रिय सदस्य मनोहर साहले बताए । कार्यक्रममा बोल्दै बरिष्ठ समाजसेवी प्रफुल्ल घिमिरेले भानुभक्त आचार्यले आफ्ना साहित्यिक रचनाका माध्यमले सम्पूर्ण समाजलाई जोड्ने कार्य गर्नुभएकोले हामी सबैले पनि राजनैतिक एवं भाषिक सिमा भन्दा माथि उठेर विचार गर्नुपर्ने बताएका थिए । विश्व हिन्दू परिषद् नेपालले जनकपुरधाममा भानु जयन्ती मनाउन पुनः शुरु गरेको प्रति प्राज्ञिक विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकालले आभार समेत प्रकट गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल