Birat Post आइतबार, आषाढ २६, २०७९ मा प्रकाशित

featured photo: Birat Post

रोशिका अधिकारी

विराटनगर २६ असार । 
आज आषाढ शुक्ल एकादशी अर्थात घर-घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधनाको समय आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ ।

आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको हो । यस चार महिनालाई चतुर्मासा पनि भनिन्छ ।

एक वर्षमा २४ वटा एकादशी पर्छन् । धर्ममा रहनेहरुले एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । एकादशीका दिन विशेष गरी चामलबाट बनेका परिकार खानुहुदैन भन्ने मान्यता छ । पुरा ब्रत लिन नसक्नेले रोटी, ढिँडो लगायत फलाहार गर्दा हुन्छ भन्ने छ । तुलसी भएका स्थानमा शुद्ध हावा हुने र सकारात्मक उर्जा रहने मान्यता छ । यसलाई विज्ञानले समेत पुष्टि गरेको छ । चार महिनासम्म विधिपूर्वक पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ । तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्निस्थापना विधिबाट चतुर्मासा व्रतको उद्यापनका लागि हवनसमेत गरिन्छ ।

तर अहिलेका हिन्दुहरु अधिकांश नास्तिक भएका छन् । धार्मिक र सज्ञानी मानिसहरुले आफ्नो परम्परा छाडेका छैनन् । धार्मिक अभियन्ता अनन्त पराजुली भन्छन् ” यो आफ्नो शरिरका लागी हो ,जसले एकादशीको ब्रत लिन्छ र त्यो दीन केही पनि नखाइ बस्छ भने पनि त्यो फल उसैले पाउने हो । किनकी डाक्टरहरुले समेत एकदीन पेट खाली गर्नु पेटका लागी राम्रो हो भनेका छन् । त्यो त हाम्रा पूर्वजले उहेल्यै भनेका हुन् ।,,

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल