काठमाडौं ,२४ असार ।
एमाले केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवहरूको बैठक केन्द्रीय कार्यालयमा शुरु भएको छ । बैठकमा महासचिव शंकर पोखरेलले विभागका कामहरूका बारेमा अपेक्षा र जिम्मेवारीहरूका बारेमा धारणा राखिरहेका छन् ।
चार दिनअघि एमालेले २७ वटा केन्द्रीय विभागलाई पूर्णता दिएको थियो । आजको बैठकमा तिनै विभागका प्रमुख, उपप्रमुख, सचिवलगायत उपस्थित छन् । महासचिव पोखरेलले सम्बोधन गरेपछि बैठकलाई अध्यक्ष केपी ओलीले सम्बोधन गर्ने बताइएको छ ।