विराटनगर,२४ असार ।
नेपाल प्रेस युनियनको नबौ राष्टिय महाधिबेशनका लागि प्रदेश न.१ बाट इच्छुक उम्मेदवारहरुले चुनाबी घोषणा लाई तिव्र पारेका छन । महाधिबेशन यही साउन ६ र ७ मा हेटौडमा हुन गईरहेको छ । यो महाधिबेशनले नयाँ नेतृत्व चयन गर्दैछ । महाधिबेशनको समुदघाटन नेपाली काग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले गर्दैछन ।
९ बर्षपछि हुन लागेको महाधिबेशन नजिकिदै जादा प्रदेश १ बाट पदाधिकारी लगायत केन्द्रीय सदस्यहरुमा उम्मेदवार बन्नेहरुको होड चलेको छ । प्रदेश न.१ बाट प्रेस युनियनका नेता तथा पूर्व उपाध्यक्ष विराटनगरका शेखर रेग्मीले केन्द्रीय उपाध्क्ष खुल्लातर्फबाट उम्मेदवार हुने घोषण गरिसकेका छन । उनले केही दिन अघि सामाजिक सञ्जालमा उपाध्यक्षको लागि दावी गरेका हुन । तीन दशक देखी पत्रकारितमा सक्रिय रेग्मी खुल्ला उपाध्यमा उम्मेदवारी दिने प्रदेश १ बाट एक्ला उम्मेदवार हुन ।
प्रदेश उपाध्यक्षका लागि ३ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिदैछन । सुनसरीका हेमराज दाहाल र पाँचथरका लबदेब ढुगानाले प्रदेश उपाध्यक्षको लागि उम्मेवार बन्दै छन । इलामका सोमनाथ सुसेलीको प्रदेश उपाध्यक्षमा उम्मेदवार बन्ने चर्चा रहेपनि स्वास्थ्य अवस्थाका कारण यकिन भैसकेको छैन । यस्तै महिला सचिबमा झापाकी रेजिना रोदन र राधा खनाल स्पर्धामा उत्रिदैछन ।
यस्तै सचिवमा सुनसरीका मो. इकबाल खाँ , केन्द्रीय सदस्यहरुमा सुनसरीका पबन विवश अधिकारी , मोरङका अभय राई र गोपाल काफ्ले , सोलुखुम्बुका भानुभक्त निरौला , उदयपुरका गोपाल पोखरेल , धनकुट्टाका सुमन गुँरागाई , पाँचथरका भीम बाँस्कोटाले प्रचार प्रसारलाई तिव्र पारेका छन । केन्द्रीय सदस्यका लागि प्रदेशबाट ३ र खुल्लाबाट १५ जना निर्वाचित हुने व्यवस्था छ । करिब १६ सय केन्द्रीय प्रतिनिधि रहेको यो महाधिबेशनमा संस्थापन र इतर पक्ष विच प्रतिस्पर्धा हुँदैछ ।