जोगवनी ,२३ असार ।
भारत बिहारका पूर्व मुख्यमन्त्री तथा राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादवको स्वास्थ्य अवस्था बिग्रिएको छ । लामो समयदेखी मृगौला रोगलगायत अन्य स्वास्थ्य समस्या भोगिरहेका उनी घरमै लडे पछि थप स्वास्थ्य जटिलता निम्तिएको छ ।
लडेर उनको काँध भाँचिएको बताइएको छ । लालुकी छोरी तेजस्वी यादवले भनेकी छन् ‘बुवाको पूर्ण चेकअप हुनेछ । त्यसपछि मात्र उपचार सुरु हुनेछ । अहिले बुवाको शरीरमा कुनै हलचल छैन ।’
उनको अस्पतालमा उपचार भइरहेको तस्बिर ट्विटरमा सार्वजनिक भएको छ । जसमा उनी गम्भीर अवस्थामा देखिएका छन् । लालुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनका समर्थकहरु मन्दिरहरुमा प्रार्थना गरिरहेका छन् ।