कौशल निरौला शुक्रबार, आषाढ १०, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१० असार ।

विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि ३ अर्ब ६२ करोड ५५ रुपैयाँको बजेट ल्याएको छ । शुक्रबार भएको महानगरको दशौँ नगरसभामा उपमेयर शिल्पा निरौला कार्कीले महानगरपालिकाले आगामी आर्थिक वर्षको २०७९ /०८० लागि तय गरेको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आय र व्ययको अनुमान प्रस्ताव गरिएको बजेट पेश गरेकी हुन् ।

महानगरले कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ ५५ करोड ३५ लाख, पूर्वाधार विकासतर्फ १ अर्ब ८९ करोड ७१ लाख, आर्थिक विकासतर्फ २७ करोड ७३ लाख, सामाजिक विकासतर्फ ७८ करोड, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा ७ करोड र वातावरण तथा विपद् व्यवस्थापनतर्फ ३ करोड ६० लाख रुपैयाँ व्यय अनुमान गरिएको छ ।

महानगरले संघीय सरकार अन्तर सरकारी वित्तीय हस्तान्तरण तर्फ १ अर्ब २१ करोड र प्रदेश सरकारतर्फ ४ करोड ९७ लाख, राजश्व बाँडफाँडबाट १ अर्ब १३ करोड ९९ लाख, आन्तरिक आय १ अर्ब, जनसहभागिता ८ करोड, अन्य अनुदान तथा ऋणबाट १० करोड १९ लाख तथा अन्य संस्था ३ करोड ६० लाख रुपैयाँ विनियोजन हुने अनुमान गरिएको छ ।

आगामी वर्ष सञ्चालन हुने वडास्तरीय आयोजनातर्फ ४१ करोड ६८ लाख, नगरस्तरीय आयोजनामा ३० करोड, बहुवर्षीय तथा गौरवका लागि आयोजनाको लागि २९ करोड, क्रमागत भुक्तानीका लागि ४० करोड, आरयूडीपीबाट सडक मर्मत सम्भारको लागि १४ करोड र अन्य पूर्वाधार तर्फ ९ करोड, फोहोर पानी प्रशोधन केन्द्रको लागि २ करोड र समपूरक कोष ४ करोड ८० रुपैयाँ लाख विनियोजन गरिएको छ ।

चालू आर्थिक वर्षतर्फ जेठ मसान्तसम्म संशोधित कुल अनुमानित आय ४ अर्ब ६३ करोड गरिएकोमा २ अर्ब ३२ करोड ८१ लाख भएको छ । अनुमानमानित व्यय ४ अर्ब ६३ करोड गरिएकोमा कुल व्यय १ अर्ब ७४ करोड ६० लाख भएको छ । पुँजीगत खर्चतर्फ २ अर्ब १ करोड अनुमान गरिएकोमा ८२ करोड ४ लाख खर्च भएको छ ।

चालू खर्चतर्फ २ अर्ब १ करोड ९५ लाख अनुमान गरिएकोमा ९० करोड ४३ लाख ४४ हजार खर्च भएको छ । वित्तीय खर्चतर्फ ५ करोड रुपैयाँ अनुमान गरिएकोमा २ करोड खर्च भएको छ । आन्तरिक आयतर्फ ९९ करोड अनुमान गरिएकोमा करोड ८५ लाख रुपैयाँ मात्र प्राप्त भएको छ । जसमा बाँडफाँड राजस्वबाट प्राप्त १ अर्ब २३ करोड रुपैयाँ छ ।

महानगरले अघिल्लो कार्यकालमा भएका पुराना कामहरुलाई समेत निरन्तरता दिएको छ । विराटनगर महानगरका मेयर नागेश कोइरालाले नगरबासीको अपेक्षालाई केही हदसम्म बजेटले संवोधन गरेपनि प्रयाप्त नभएको बताएका छन् । उनले प्रदेश र संघीय सरकार र दातृ सहयोगी निकायको सहयोगमा विकासका काम हुने बताए ।

सम्बन्धित

ताजा अपडेट
लायन्स क्लव अफ विराटनगर इनोभेटिभद्वारा शैक्षिक सामाग्री वितरण
राष्ट्रिय बहिरा महासंघ कोशी प्रदेशमा सुनिता तिम्सिनाको नेतृत्वमा नयाँ कार्यसमिति चयन
ट्रम्पको आप्रवासन नीति : ६ महिनाभित्रै ३ हजारभन्दा बढी नेपाली मुलुक फर्काइँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल