Birat Post शुक्रबार, आषाढ १०, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१० असार ।
वर्षाका कारण पहिलो सेमिफाइनल खेल रद्द हुँदा नेपाल महिला टी-२० च्याम्पियनसिपबाट बाहिरिएको छ । यसअघि मलेसियामा टस जितेर फिल्डिङ रोजेको नेपालसामु संयुक्त अरब इमिरेट्स (युएई) ले ८२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर वर्षाले पुनः खेल प्रभावित हुँदा रद्द भएको हो । यससँगै समूह विजेताको रूपमा यूएई फाइनल पुग्दै एसिया कपमा छनोट भयो । नेपाल भने अभागी सावित हुँदै सेमिफाइनलबाट बाहिरियो ।

यसअघि युवा बल अस्मिना कर्माचार्यले उत्कृष्ट बलिङ गरेपछि युएई कमजोर बनेको थियो । युएईका लागि वैष्णवी महेशले १६, एसा रोहितले १५, छाया मुगलले १४ र खुसी शर्माले १२ रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

नेपालका लागि युवा बलर अस्मिना कर्माचार्यले तीन ओभर पाँच बलमा १० रन खर्चेर सर्वाधिक पाँच विकेट लिइन् । यस्तै उपकप्तान इन्दु वर्माले चार ओभरमा तीन तथा सीता राना मगरले पनि चार ओभरमा दुई विकेट लिइन् ।

८ः१५ मा सुरु हुने तालिका रहे पनि वर्षाका कारण खेल आधा घन्टा ढिलो सुरु भएको थियो । नेपालसामु एसिया कपमा स्थान बनाउने सुनौलो अवसर थियो । प्रतियोगिताको विजेता र उपविजेता एसिया कपका लागि छनोट प्रावधान छ । यद्यपि नेपाल वर्षा बाधक हुँदा सेमिफाइनलबाट अगाडि बढ्न असफल भयो ।

समूह ‘बी’ मा रहेको नेपाल उपविजेताको रूपमा सेमिफाइनल प्रवेश गरेको थियो । समूह ‘बी’ बाट हङकङ विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको थियो । युएई भने समूह ‘ए’ को विजेता हो । यस समूहबाट मलेसिया उपविजेताको रूपमा सेमिफाइनल प्रवेश गरेको थियो ।

 

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल