काठमाडौँ,८ असार ।
नेकपा एकीकृत समाजवादीबाट सरकारमा गएका मन्त्रीहरू हेरफेर गर्ने तयारी भइरहेका बेला संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले नेकपा एमालेमा प्रवेश गर्ने गोप्य सूचनाहरु चुहेका छन् । आफू मन्त्रीबाट बाहिरिने भएपछि उनी एमाले फर्किनको लागि गृहकार्य गरिरहेको एमाले उच्च स्रोतको भनाइ छ । कतिपयले भने आलेले बार्गेनि गरेको र पत्याइ हाल्ने अबस्था नभएको बताएका छन् ।
गत वर्ष असार २८ गते प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत लिने क्रममा तत्कालीन एमालेको माधव नेपाल पक्षमा खुलेर देउवालाई मत दिएका आले पुन ः एमालेमा फर्किन लागेका हुन्। मन्त्रीबाट फिर्ता गराउने तयारी गरेपछि अध्यक्ष नेपालसँग असन्तुष्ट बनेका आलेले गृहजिल्ला डोटीका एकीकृत समाजवादीका नेताहरूलाई ओलीसँग भेट्न पठाए संगै सुचना चुहावत भएको हो ।