काठमान्डौं,७ असार ।
चर्चित पूर्व पत्रकार रबि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी खोलेको औपचारिक घोषणा गरेका छन् । आफु कुनैपनि दलमा आवद्ध नभई स्वतन्त्र रुपमा अगाडी बढ्ने बताएका उनले स्वतन्त्र उमेद्वार बन्न चाहनेहरुलाई पार्टीमा स्वागत गर्ने बताएका छन् ।
मंगलबार राष्ट्रिय सभा गृहमा औपचारिक घोषणा कार्यक्रममा नयाँ दल खोलेर अगाडी बढेको सार्वजनिक गरेका छन् । कार्यक्रममा सयौंको संख्यामा युवा पुस्ताको स्वस्फुर्त सहभागिता रहेको छ ।