Birat Post मंगलबार, आषाढ ०७, २०७९ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौ,७ असार ।
नेपाल निर्माण व्यवसायी महासंघले इन्धनको मूल्य वृद्धि फिर्ता नलिए अत्यावश्यक निर्माण परियोजना बन्द गर्ने निर्माण व्यवसायीको चेतावनी दिएको छ ।

लगातार इन्धनको मुल्यमा भएको भारी वृद्धिले निर्माण उद्योग नै ठप्प हुने अवस्थामा पुगेको भन्दै अत्यावश्यक निर्माण परियोजना बन्द गर्ने चेतावनी दिएको हो । इन्धनमा गरिएको मुल्य वृद्धिले निर्माण सामग्रीहरुको समेत अत्याधिक भाउ बढ्न गई निर्माण उद्योग नै ठप्प हुने अवस्थामा पुगेको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

इन्धनको मुल्य तत्काल फिर्ता नलिए मुलुकभर सञ्चालनमा रहेका राष्ट्रिय गौरवका आयोजनाहरु र अत्यावश्यक निर्माण परियोजनाहरु समेत बन्द गर्ने महासंघको चेतावनी छ। साथै उसले यसअघि स्थगित आन्दोलनका कार्यक्रमसहित एक हप्ताभित्रै विरोधका थप सशक्त कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएको छ। पछिल्लोपटक पेट्रोलमा एकै पटक प्रति लिटर २१ रुपैयाँ र डिजेल तथा मट्टितेलमा २७ रुपैयाँ वृद्धिले रुग्ण अवस्थामा रहेको निर्माण उद्योग थप आक्रान्त भएको महासंघको भनाइ छ।

निरन्तर इन्धनको मूल्य बढिरहे पनि निर्माण व्यवसायीहरुलाई कुनै राहत नदिएर सरकारले समग्र निर्माण उद्योगको विकासप्रति नै उदासीनता देखाएको महासंघको ठहर छ। ‘अप्रत्याशित रुपमा निरन्तर भइरहेको मुल्य वृद्धिले घर जमीन तथा अन्य जायजेथा धितो राखेर निर्माण व्यवसायमा लागेका देशभरका हजारौं निर्माण व्यवसायीहरु, निजका परिवार र निजमा आश्रित लाखौं श्रमिकहरुको बिचल्ली हुने निश्चित छ।’ विज्ञप्तिमा भनिएको छ।

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने,देशभरका सबै विद्यालय अनिश्चितकालीन बन्द रहने
नेकपा एमाले विराटनगरको दोस्रो अधिवेशन हुँदै, उप-सचिवमा कला डाँगीको सम्भावना
कांग्रेसले विवेकपूर्ण निर्णय लिने बेला भो : डा.शेखर कोइराला

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल