Birat Post सोमबार, जेठ ३०, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,३० जेठ ।
इन्डियन फारमर्स फर्टिलाइजर कोअपरेटिभ लिमिटेड (इफ्को)ले उत्पादन गरेको नेनो युरिया झोल मल अव नेपाली कृषकहरुले सहजरुपमा पाउने भएका छन् । यो मल भारतवाट सोमबार विराटनगर भन्सार हुदै नेपाल भित्रिएको छ ।

इपको नेनोद्वारा आयोजित एक कार्यक्रममा प्रदेश नं.१ का कृषि मन्त्री झलक बहादुर मगरले नेनो युरिया मल नेपाल आएकोमा खुसी व्यक्त गरेका छन् । उक्त मल कृषकहरुलाई हस्तान्तरण गर्दै मन्त्री मगरले सार्वजनिकरण समेत गरेका थिए ।

हालैमात्र कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको समस्या कम गर्न झोल मल बिक्री वितरणका लागि अनुमति दिएको थियो । यसअघि दानादार युरिया मल मात्र आयात गर्न पाइने कानुनी व्यवस्था थियो । अब झोल युरिया मल पनि ल्याउन पाइने भएको छ ।

दाना युरिया मलभन्दा सस्तो र सजिलो तरिकाले उपलब्ध हुने भएकाले त्यसको विकल्पमा किसानले नेनो युरिया मल प्रयोग गर्न सकिने भएको छ । नेनो युरिया मल भने बाली उम्रेपछि पातमा मात्र छर्न सकिन्छ । यसलाई स्प्रे गरेर बालीमा लगाउनुपर्ने कार्यक्रममा जानकारि दिइयो ।

नेनो युरिया मल नेपालका लागि उपयुक्त छ कि छैन भनी नार्कले परीक्षण गर्दा सकारात्मक परिणाम आएपछि सरकारले बिक्री वितरणका लागि अनुमति दिएको कार्यक्रममा जानकारी दिइयो । नेनो युरिया मल प्रयोग गर्दा प्रतिहेक्टर आठ हजार १ सय ५० रुपियाँ कम खर्च लाग्ने समेत अध्ययनमा देखिएको छ । एक बोरा (५० केजी) दानादार युरिया मल बराबर पाँच सय एमएल नेनो झोल मल हुने गरेको छ ।

पाँच सय एमएल झोल युरिया मलको ४०० रुपियाँ मात्र पर्छ जब की एक बोरा दाना युरिया मलको मूल्य अनुदानसहित ७ सय ५० रुपियाँ पर्छ । कार्यक्रममा बोल्दै नेपालका लागि इपको नेनो युरियाको आधिकारिक डिलरका प्रमुख राकेश सुरानाले इफको युरियालाई भारतका किसानले पाएकै मुल्यमा कृषि पसलमा पाउने व्यवस्था मिलाउने बताए । यो मल छर्नका लागि चाढैनै कृषकहरुलाई तालिमको प्रवन्ध गर्ने सुरानाले बताए ।

कार्यक्रममा कमर्सियल एग्रिकल्चर एलाइन्सका पूर्व अध्यक्ष अशोक मुरारका,प्रदेशसभा सदस्य कुलबहादुर साम्वा(कुशल),कृषि तथा प्रयोगशालाका प्रमुखहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल