भारत/एजेन्सीहरु ३० जेठ ।
भारतमा पैगम्बर मोहम्मदको बारेमा गरिएको टिप्पणीलाई लिएर भएको उत्पन्न दंगामा संलग्न आरोपितहरुलाई त्यहाँको सुरक्षाकर्मीले धरपकट तथा केही मुस्लिम व्यक्तित्वहरूको घर ध्वस्त पारेको छ ।सत्तारुढ भाजपाका दुई प्रमुख सदस्यहरूले इस्लाम विरोधी टिप्पणी गरेपछि मुस्लिमहरूले विरोध प्रदर्शन उत्रिएका थिए ।
आन्दोलनमा संलग्न तीन सयभन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ । भाजपा प्रवक्ता नुपुर शर्माले एक टिभी बहसको क्रममा मोहम्मदका बारेमा टिप्पणी गरेकी थिइन् । उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले गत हप्ता त्यहाँ दंगामा संलग्न भएका आरोपितको कुनै पनि अवैध प्रतिष्ठान वा घरहरू भत्काउने आदेश दिएका थिए । उत्तर प्रदेशका घर मालिकहरूलाई नाजायजरुपमा बसेकाहरुलाई पहिले नै आफ्नो घर खाली गर्न भनिएको थियो । हिन्दुस्तान टाइम्सका अनुसार प्रहरीले स्थानीय राजनीतिज्ञ जावेद अहमदको पनि घर भत्काएको छ ।