Birat Post आइतबार, जेठ २९, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२९ जेठ/

विराटनगर महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेटको सन्दर्भमा कार्यपालिकामा छलफल सुरु भएको छ । कार्यपालिकामा बजेट सिलिङ र मार्गदर्शनका विषयमा छलफल सुरु भएको प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले जानकारी दिनुभयो । कार्यपालिकाको बैठकमा क्षेत्रगत र वडागत बजेट सिलिङका विषयमा छलफल भएको उहाँको भनाइ छ ।

बैठकमा वडा नम्बर १ का अध्यक्ष काजी बस्नेत, २ का अध्यक्ष कुमार पोखरेल, ३ का वासुबहादुर बस्नेत, ४ का जितन थापा, ५ का सन्तोष न्यौपाने, ६ का हरिशचन्द्र सहनी, ७ का मधुबाबु तिवारी, ८ का राम पोखरेल, ९ का विश्वनाथप्रसाद भगत, १० का अर्जुन गिरी, ११ का तीर्थेन्द्र न्यौपाने, १२ का हिरालाल कामत, १३ का सूर्यलाल यादव, १४ का सूर्यनारायण महतो, १५ का प्रकाश साह, १६ का उद्धवकुमार भुजेल, १७ का समिम कमर मिया, १८ का जितेन्द्रकुमार साह र १९ का वडाध्यक्ष श्याम घिमिरेले बजेटका विषयमा आ–आफ्ना धारणा राख्नु भएको थियो ।

बैठकमा मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले महानगरका सबै वडालाई न्यायोजित रुपमा बजेट वितरण गरिने बताउनुभयो । संविधानमा उल्लेख भएअनुसार मुलुकका सबै ७५३ वटै पालिकाले आगामी असार १० गते आगामी आर्थिक वर्षका लागि बजेट ल्याउनुपर्छ ।

महानगरले बजेट निर्माणलाई तीव्र बनाएको छ । बजेटमा समेट्नुपर्ने विषयमा केन्द्रित भएर महानगरले सरोकारवालाहरूसँग पनि छलफल सञ्चालन गरिरहेको छ । आइतबार नै नवनिर्वाचित कार्यपालिका सदस्यहरूलाई मेयर कोइरालाले सपथग्रहण गराउनु भएको थियो ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल