Birat Post शनिबार, जेठ २८, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ,२८ जेठ ।

पूर्व राष्ट्रपति रामवरण यादवले कृष्णप्रसाद कोइराला सेवा गुठीद्धारा सञ्चालित शैलजा आचार्य पोलिटेक्निकका विषयमा चासो दिएर अवलोकन गरेका छन् । मोरङको शिसवनी जहदा (जहदा गाउँपालिका)मा रहेको शैलजा आचार्य पोलिटेक्निकको शनिबार अनौपचारिकरुपमा अवलोकन गरेका हुन् ।

त्यहाँ पुगेका पूर्वराष्ट्रपति यादवले पोलिटेक्निक परिसरमा रहेको पिताजी कृष्णप्रसाद कोइरालाको सालिकमा माल्यार्पण गरेका थिए । यस्तै पोलिटेक्निकले दिइरहेका सेवाका विषयमा समेत जानकारी लिए । पूर्व राष्ट्रपति विराटनगर आउदा पोलिटेक्निकको संझना किन आयो भन्ने विषयमा उनले आफ्नो रोचक प्रशंग सुनाएका छन् ।

तत्कालिन समयमा ग्रामिण क्षेत्रका गरिब परिवारले पनि स्वास्थ्यको पहुच राख्न सकुन् ,आफ्ना नानिहरु नर्स बनुन् । यसका अलवा पशु तथा कृषि क्षेत्रको ज्ञाता बन्न सकुन् भन्ने महान उदेश्य शैलजा आचार्यले राखेको स्मरण सुनाए । गाउँमा हैन शहरमा खोल्नुस्, पैसा पनि कमाइन्छ भन्ने कतिको योजनालाई माथ खुवाउदै उहाँ गाउँमा आएर यो संस्था खोल्नु भएको मलाई याद छ । उहाँको यो दीर्घकालिन सोच तपाइ ,हामीले कहिले सोच्छौं होला ?उनले भने “पोलिटेक्निक विकासको एउटा नमुना पक्ष हो, यसको गरिमालाई जोगाइराख्नु पर्छ ।”  स्थानिय तह,प्रदेश सरकार र संघीय सरकारको चासो यसमा रहनुपर्ने बताए । शैलजा आचार्यले जात र रंगको राजनीति कहिल्यै नगरेका कारण जीवन्त रहेको पूर्व राष्ट्रपतिको भनाई थियो ।

पूर्व राष्ट्रपतिलाई पोलिटेक्निकको अध्यक्ष मीता आचार्य,कोषाध्यक्ष मोहनलाल महतो,सदस्य विकास पराजुली ,पोलिटेक्निकका प्रिन्सिपल सन्त अधिकारी,कर्मचारी तथा विद्यार्थीहरुले स्वागत गरेका थिए । पोलिटेक्निकको पूर्व राष्ट्रपतिले चासो पूर्वक अवलोकन गरिदिनु भएकोमा अध्यक्ष मीता आचार्यले धन्यवाद ज्ञापन गरेकी थिइन् ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल