काठमान्डौं ,२४ जेठ ।
तुलनात्मकरुपमा पछिल्ला केही दिनयता कोरोना भाइरसको संक्रमण नेपालमा पनि बढ्न थालेको छ । भारतमा यसको सक्रमण बढेको छ भने अर्को छिमेकी मुलुक चीनमा हप्तौँको लकडाउन अहिले केही खुकुलो हुन थालेको छ ।
यसै बीच पछिल्लो २४ घण्टामा देशभर थप २८ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो साताहरूमा दैनिक १० भन्दा कम संक्रमित थपिँदै आएको अवस्थामा पछिल्ला केही दिनयता नयाँ थपिने संक्रमितको सङ्ख्या बढ्न थालेको हो । यस अवस्थामा ९ जना संक्रमणमुक्त भएका छन् । पीसीआरबाट ७ र एन्टीजेनबाट २१ जनामा संक्रमण पुष्टि भएको हो ।
कुल ३ हजार ३ सय ७६ जनाको नमुना परीक्षण गरिएको थियो । हाल सक्रिय संक्रमितको सङ्ख्या १ सय ७ रहेको छ । यो बढ्न सक्ने भन्दै स्वाथ्य विज्ञहरुले औल्याइरहेका छन् ।