काठमान्डौं,२४ जेठ ।
निर्वाचन आयोगले असार १ देखि मतदाता नामावली संकलन गर्ने जनाएकाे छ । स्थानीय तह निर्वाचन हुनु केही समय अगाडि गत २०७८ माघ २५ वाट स्थगित भएको मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने काम असार १ देखि सञ्चालन गर्ने आयोगले जानकारी दिएको हाे ।
१८ वर्ष उमेर पुगेका र मतदाता नामावलीमा नाम छुट भएका नेपाली नागरिकले प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा फोटो सहितको नामावली दर्ता गराउन सक्नेछन् ।