विराटनगर,२३ जेठ ।
पतंजलि योग समिति मोरङले स्थानिय तहमा मोरङवाट निर्वाचित जनप्रतिनिधिहरुलाइ सम्मान गरेको छ । योग सम्वन्धि विभिन्न कार्यक्रम मार्फत सेवा प्रवाह गरिरहेको यस संस्थाले स्थानिय तह र सामाजिक क्षेत्रका निर्वाचित व्यक्तित्वहरुलाई स्वागत सम्मान समेत गर्ने गरेको छ ।
कार्यक्रमको शुभारम्भ पतंजलि योग पिठका आजिवन सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले गरेका थिए । स्वागत तथा सम्मान कार्यक्रममा विराटननगर महानगरका मेयर नागेश कोइराला,कटहरी गाउपालिकाका अध्यक्ष देवराज चौधरी,धनपालथान गाँउपालिकाका अध्यक्ष जिवछ प्रसाद गच्छदार ,उपाध्यक्ष नासिमा बानु लगायत विभिन्न पालिकाका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
पतंजलि योग समिति मोरङका अध्यक्ष ध्रुव तामाङको अध्यक्षतामा सम्पन्न सम्मान कार्यक्रममा पतंजलिका प्रदेश मन्त्री शोभा कोइराला, महानगर अध्यक्ष शिल्पा प्याकुरेल लगायतको सहभागिता रहेको थियो ।