Birat Post सोमबार, जेठ २३, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२३ जेठ ।

विराटनगर महानगर ४ ढाट छेउमा नेपाल हेभी ड्राईभिङ स्कुल सञ्चालनमा आएको छ । १ करोड ४० लाख रूपैयाँ लगानीमा सुविधा सम्पन्न ड्राभिइङ स्कुल सोमबारवाट संचालनमा आएको हो । प्रदेश १ कै ठूलो ड्राइभिङ स्कुल भएको दाबी गरिएको छ । सोमबार विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले ड्राईभिङ स्कुलको उद्घाटन गरेका छन् ।

दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ १ बिगहा १४ कठ्ठा क्षेत्रफलमा ड्राइभिङ स्कुल संचालन ल्याएको सेन्टरका सिइओ शिव श्रेष्ठले जानकारी दिए । सीप सिकेर स्वरोजगार बनाउनुको साथै देशमा दक्ष सवारी चालक उत्पादन गर्ने उद्देश्य अनुरूप फराकिलो क्षेत्र लिएर ड्राइभिङ स्कुल संचालनमा ल्याएको बताए । स्कुलबाट सेवाग्राहीले स्कुटर, मोटसाईकल, लाईट गाडी, ट्याक्टर, हेभ्भी गाडी सिक्न सक्नेछन् । घन्टा , महिना र पुरा कोर्ष गरी तीन प्रकारको सेवा लिन सकिने छ ।

ड्राभिङ स्कुलमा आएर सेवाग्राहीले मोटरसाईकल घन्टाको ५ सय, १ महिनाको ४५ सय र पुरा कोर्ष पुरा गरेको १० हजार शुल्क लाग्ने बताइएको छ । यस्तै हलुका सवारी साधन सिकेको घण्टाको २ हजार, मासिक १५ हजार र कोर्ष पुरा गरेको ३० हजार रुपैयाँ शुल्क लाग्ने संचालक सुमन मङग्रान्तीले बताए ।

यसैगरि हेब्बीको प्रतिघण्टा ३ हजार र कोष पुरा गरेको ४० हजार रुपैयाँ शुल्क लाग्ने कम्पनीले जनाएको छ । सुनसरीको ईटहरी र मोरङको सुन्दरहरैचामा सफलता पूर्वक संचालनमा रहेको यस ड्राइभिंङ स्कुलको विराटनगर तेस्रो शाखा हो । सुरुमा आउने सेवाग्राहीलाई १५ प्रतिशत सम्म छुट दिएको ड्राइभिंग स्कुलले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल