Birat Post आइतबार, जेठ २२, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२२ जेठ ।

मोरङको केशलिया खाेलाकाे छेउ-छेउमा कोरिडोर निर्माणका लागि प्रदेश १ आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले विशेष पहल सुरु गरेका छन् । कार्कीको पहलले पूर्णता पाउन सके केसलीयामा कोरिडोर निर्माण हुने छ । आगामी आर्थिक वर्ष(२०७९–८०)को बजेटमा सहरी नदी कोरिडोर कार्यक्रम अन्तरगत सङ्घीय सरकारले बजेट विनियोजन गरेको छ ।

केशलिया मोरङको विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका तथा सुनसरीको दुहवी नगरपालिका, बर्जु गाउँपालिका सिमा क्षेत्र भएर बहने नदी हो । नदीको दुवै किनारमा कोरिडोर निर्माण गरी र बस्ती संरक्षण गर्न बजेट विनियोजन भएको मन्त्रालयका अधिकारीहरूले बताएका छन् । कोरिडोर निर्माण अन्तरगत प्रदेश १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले डिपिआर तयार गर्नका लागि मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयसँग आग्रह गरिसकेको छ ।

विराटनगर महानगरले पनि केसलीयामा तटबन्ध निर्माण गरी तटबन्ध गर्ने बताउँदै आएको थियो । बजेट विनियोजनसँगै कोरिडोर निर्माणको काम अघि बढ्ने मन्त्री कार्कीले बताए । ’विपद्बाट नागरिकलाई सुरक्षित बनाउनका लागि व्युटिफिकेसन सहितको कोरिडोर निर्माणको काम अघि बढ्दै छ । मन्त्री कार्कीले भने, त्यसको लागि डिपिआरको काम अघि बढेको छ ।’

प्रदेश सरकारले पनि यस योजनालाई प्राथमिकताका साथ नीति तथा कार्यक्रममा समेटेर लाने मन्त्री कार्कीले बताए । कोरिडोर निर्माणपछि नदीले निम्त्याउने विपद्बाट मुक्त हुनका साथै व्युटिफिकेसनले सो ठाउँको पर्यापर्यटनको विकासमा टेवा पुग्ने छ ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल