Birat Post बिहिबार, जेठ १९, २०७९ मा प्रकाशित

featured photo: Birat Post

 

काठमाडौं,१९ जेठ ।
भारतीय आयल कर्पोरेसन आईओसीले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । यो मूल्यसूची अनुसार बढाउने हो भने नेपालमा पेट्रोलको मूल्य २०२ रुपैया पर्न आउछ भने एलपी ग्याँसको २५५१ रुपैया पर्न जान्छ । बुधबार आईओसीले पठाएको नयाँ मूल्य पठाएसँगै निगमलाई आगामी १५ दिनमा तीन अर्ब ७ करोड पचास लाख र मासिक ६ अर्ब १५ करोड रुपैयाँ घाटा हुने देखिएको निगमले जनाएको छ ।

अहिले निगमलाई पेट्रोलमा प्रतिलिटर २२.९३ रुपैयाँ, डिजेलमा १९.७३ रुपैयाँ र खाना पकाउन प्रयोग हुने एलपी ग्याँसमा प्रति सिलिन्डर ७५१.१४ रुपैयाँ घाटा हुने जनाइएको छ । अहिले नेपालमा पेट्रोल प्रतिलिटर १८०, डिजेल प्रतिलिटर १६३ र एलपी ग्याँस १८०० रुपैयाँमा बिक्री भइरहेको छ । आईओसीले पठाएको मूल्यसूचीअनुसार निगमलाई पेट्रोल खरिद गर्न प्रतिलिटर २०२.९३ रुपैयाँ, डिजेल १८२.७३ रुपैयाँ र एलपी ग्याँस २५५१.१५ रुपैयाँ पर्छ ।

निगमलाई मट्टीतेल, हवाई इन्धनमा भने नाफा रहेको छ । मट्टीतेलमा प्रतिलिटर १५.०८ रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १७.३६ रुपैयाँ र बाह्यतर्फ प्रतिलिटर ६४.५७ रुपैयाँ नाफा रहेको निगमले जनाएको छ ।
स्रोतः सरोकार टिभी

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल