काठमाडौँ ,१७ जेठ ।
मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ सानुसरेमा दुर्घटनाग्रस्त भएको तारा एयरको जहाजमा परेर निधन भएकाहरू सबैको शव फेला परेको छ।
दुर्घटनास्थलमा रहेका दुई र कोवाङमा रहेका १० गरी १२ शवलाई आज हेलिकप्टरमार्फत काठमाडौँ लगिदै छ ।
‘दुर्घटनास्थलमा सबै शव फेला परेको छ । दुर्घटनास्थलमा शव खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएका थिए ।
आइतबार पोखराबाट मुस्ताङतर्फ जाँदै गरेको तारा एयरको जहाज दुर्घटनामा चालक दलका सदस्यसहित २२ जना परेका थिए। आइतबारदेखि सम्पर्कविहीन जहाज सोमबार बिहानमात्रै फेला परेको थियो । शवहरू पोष्टमर्टम गरेपछी परिवारको जिम्मा भोली सम्ममा लगाइने बताइएको छ ।