Birat Post मंगलबार, जेठ १७, २०७९ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर,१७ जेठ ।

मंगलबार प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग र हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १ मधेश बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानमा आंशिक बदली रहेको छ ।

विशेषगरी पोखराबाट प्रदेश १ सम्म नै पानी पार्ने प्रणाली सक्रिय रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए। उनका अनुसार सुदूरपश्चिम कर्णालीतिर भने मौसम सफा रहेको छ ।

आज दिउँसो पनि प्रदेश १ बागमती र गण्डकी प्रदेशका केही ठाउँ र बाँकी प्रदेशका एक दुइ स्थानमा हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । ती स्थानहरुमा रातीपनि हावा हुरीसहितको हल्का वर्षा हुने अनुमान जल तथा मौसम विज्ञान विभागको छ ।

हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल