Birat Post बिहिबार, जेठ १२, २०७९ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,१२ जेठ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र नेपालका लागि युरोपियन युनियन ईयू राजदूत नोना डिप्रेजबीच आज बिहीवार मन्त्रालयमा भेट र छलफल भएको छ । सो भेटमा ईयू राजदूतसँग मन्त्री आलेले नेपाली विमानलाई लगाइएको प्रतिबन्ध हटाउन माग गरे ।

उनीहरुबीच नेपालको उड्डयन क्षेत्र सुरक्षित भएकाले ईयूको प्रतिबन्धबाट कसरी हटाउने भन्ने विषयमा छलफल भएको मन्त्री आलेका निजी सचिव मनोज अधिकारीले जानकारी दिए ।

भेटमा मन्त्री आलेले राजदूत डिप्रेजलाई नेपाली आकाश सुरक्षित रहेको भन्दै भन्नुभयो, आईकाओको नतिजाले नेपाली आकाश सुरक्षित रहेको भन्ने देखाएको छ, अब नेपाली विमानलाई ईयूको प्रतिबन्ध सूचीबाट हटाउनुपर्छ ।’

मन्त्री आलेसँगको भेटमा राजदूत डिप्रेजले नेपाललाई ईयूको प्रतिबन्ध सूचीबाट हटाउने भन्ने कुरा प्राविधिक विषय भएकाले यसबारे छलफल गरी जानकारी गराउने बताए ।

आठ वर्ष अगाडि ईयूले नेपालको हवाई सुरक्षा कमजोर भएको मूल्याङ्कन गर्दै कालोसूचीमा राखेको हो । नेपालले हवाई सुरक्षाको क्षेत्रमा राम्रो सुधार गरेको भन्दै अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन ९आईकाओ० ले नेपालको नाम आफ्नो कालोसूचीबाट हटाइसकेको छ । ईयूले नेपालको हवाई क्षेत्रमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार पाइलटको योग्यता र तालिम हुनुपर्ने जनाएको थियो ।

भेटका क्रममा नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० का महानिर्देशक प्रदीपकुमार अधिकारीले अहिले प्राधिकरणले आईकाओको मापदण्डअनुसार पाइलटको योग्यता र तालिम व्यवस्थित रहेको दाबी गर्नुभयो । अहिले नेपाल वायु सेवा निगम, बुद्ध एअर र हिमालय एअरलाइन्स गरी तीन वटा नेपाली वायु सेवाले अन्तर्राष्ट्रिय उडान गर्ने गरेका भए पनि ईयूको कालो सूचीबाट नहटेसम्म युरोप उडान गर्ने अवस्था नभएको हो ।

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल