विराटनगर, ६जेठ ।
संवैधानिक व्यवस्था अनुसार स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको कार्यकाल आजदेखि शुरु भएको छ । ६ जेठ २०७४ मा शुरु भएको स्थानीय जनप्रतिनिधिको पहिलो कार्यकाल विहीबार सकिएको हो । आजदेखि नयाँ जनप्रतिनिधिहरुको कार्यकाल शुरु भएको हो । नवनिर्वाचित जनप्रतिनिधिले ५ जेठ २०८४ सम्म काम गर्न पाउने छन् ।
समयमै मतपरिणाम नआउदा पुराना जनप्रतिनिधिले नयाँ जनप्रतिनिधिलाई स्वागत गर्ने मौका पाएनन् । शुक्रबार बिहानसम्म देशभरका निर्वाचन अधिकृतहरुले सार्वजनिक गरेको नतिजा अनुसार ६ सय २ स्थानीय तहको निर्वाचनको नतिजा सार्वजनिक भइसकेको छ ।