विराटनगर,४ जेठ ।
विराटनगर महानगरपालिकाको वडा नम्बर १३ मा राप्रपाले जितेको छ । राप्रपाका सूर्यलाल यादवले ६ सय २८ मत प्राप्त गर्दै विजयी भएको हो । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका आमोदकुमार झाले ५६९ मत ल्याए । उक्त वडामा एमालेका उम्मेद्वार किशोरकुमार पोखरेलले ५५८ तथा राजपाका झरिलाल महतोले ३८८ मत ल्याएका छन् । यसअघि उक्त वडा राजपाले जितेको थियो ।